• साउन ९, २०७८
  • जुनकिरी खबर

सुनसरीमा ११ गतेबाट जोन्सनको खोप लगाइने

alt

अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनले तयार पारेको कोरोना विरुद्धको खोप सुनसरीमा ११ गते सोमबारबाट लगाइने भएको छ । 

एक डोजमात्रै लगाउँदा हुने उक्त जे एण्ड जे कोभिड १९ खोप सोमबारबाट जिल्लाका सबै स्थानीय तहमा लगाउन लागिएको हो । 

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले स्वास्थ्य सेवा विभागको मिति २०७८ असार २८ गतेको पत्रानुसार उपलब्धताका आधारमा खोप लगाउन निर्णय गरेको हो । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले साेमबारबाटै भेरोसेल खोप समेत लगाइने जानकारी दिए । 

प्रजिअ ढकालका अनुसार जिल्लाका सबै स्थानीय तहलाई खोप उपलब्ध गराइने छ । सोही आधारमा तोकिएका स्वास्थ्य संस्था र निर्धारित केन्द्रबाट खोप लगाइने छ । 

प्रजिअ ढकालले सबै जिल्लावासीलाई खोप लगाउने योजना अनुसार उपलब्धताका आधारमा प्राथमिकता क्षेत्र र वर्ग निर्धारण गरी क्रमशः खोप कार्यक्रम संचालन गर्दै लगिने बताए । 

ढकालले जे एण्ड जे र भेरोसेल खोप पुनः आउने क्रममा रहेकाले कमी नहुने भएकाले अभियान निरन्तर चल्ने बताए । प्रजिअ ढकालले कोभिशिल्डको पहिलो मात्रा मात्रै लगाएकाको हकमा समेत केही सातामै दोस्रो डोजको उपलब्धताको सम्भावना रहेको जानकारी दिए । 

जोन्सन र भेरोसेल खोप लगाउन सुनसरीमा ६९ वटा खोप केन्द्र तोकिएको छ । स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार १ सय ४१ खोप सेसन संचालन हुनेछ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]