• साउन ९, २०७८
  • जुनकिरी खबर

इटहरीमा दिउँसै मानिस अपहरण , तीनजना पक्राउ

alt

इटहरीमा दिउँसोको समयमै मानिस अपहरण गर्दै गरेको अवस्थामा तीनजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक डीएसपी अर्जुन केसीका अनुसार शुक्रबार हिजो इटहरी ८ फूलबारी टोलको प्लटिङमा इटहरी ४ बस्ने २२ वर्षीय निर्मल श्रेष्ठमाथि आँखामा पट्टी बाँधेर कुटपिट समेत गदैै गरेको सूचनाका आधारमा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनका अनुसार पक्राउ पर्नेमा इटहरी ७ बस्ने २५ वर्षीय सङ्गीत थापा, सोही स्थानमा बस्ने १९ वर्षीय अनिष कार्की र इटहरी ८ बस्ने २३ वर्षीय सिद्धार्थ राई रहेका छन् । पक्राउ परेका तीनजनाले गत बिहीबार दिउँसो १ बजेतिर इटहरी ९ बाट श्रेष्ठलाई अपहरण गर्दै नम्बर थाहा नभएको सिटी सफारीमा राखेर लगिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी केसीले बताए ।

उनका अनुसार रातभर सङ्गीत थापाको कोठामा बन्धक बनाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपीको थापाको भनाइ छ ।

शुक्रबार तीनै जनाले आँखामा पट्टी बाँधेकै अवस्थामा पैदल हिडाउँदै ल्याएर कुटपिट गरेकाले पीडित श्रेष्ठले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा जाहेरी समेत दिएका छन् ।

पक्राउ परेका तीनैजनामाथि जिल्ला अदालत सुनसरीमा सातदिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]