• साउन १२, २०७८
  • जुनकिरी खबर

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि साउन १८ सम्म इटहरी उपमहानगरपालिका बन्द

alt

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि इटहरी उपमहानगरपालिकाका अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुने भएका छन् ।

केही कर्मचारीमा कोरोना पुष्टि भएको र केहीमा कोरोना सँगै मिल्दोजुल्दो लक्षण देखिएकाले साउन १२ देखी १८ गतेसम्म कार्यालय बन्द हुने भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले सूचना जारी गर्दै सेवा बन्द हुने जानकारी गराएका हुन् । वडा कार्यालयबाट हुने आन्तरिक तथा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुने सूचना पत्रमा उल्लेख गरिएको छ । यस बिचमा स्वास्थ्य सेवा, सरसफाइ, दमकल र भेटनरी सेवा मात्र उपलब्ध गराइने भएको छ ।

दोस्रो भेरियन्टको सङ्क्रमण बढेसँगै सुरु भएको लकडाउन खुल्ला भएको छ । लकडाउन खुल्ला भएपछि सङ्क्रमणको दर दिनानुदिन बढ्दै गएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ बताउँछन् ।

समुदाय स्तरमा फैलिएको सङ्क्रमण नियन्त्रण हुन लामो समय लाग्ने भए पनि लकडाउन खुल्ला हुँदा सङ्क्रमणको चेन ब्रेक हुन नपाएको उनको भनाई छ । पछिल्लो समय सङ्क्रमण बढ्दै गएपछि झापाको दमक, बिर्तामोड लगायत सहरहरूमा लकडाउन सुरु गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]