• साउन १५, २०७८
  • जुनकिरी खबर

प्रदेशमा कोरोना सङ्क्रमण बढ्दो

alt

प्रदेश १ मा कोरोना सङ्क्रमण तीव्ररूपमा बढिरहेका बेला प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न निर्देशन दिएकी छन् ।

विज्ञहरूले कोरोनाको तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोहीअनुसारको तयारीमा जुट्न उनले निर्देशन दिएकी हुन् ।

कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्वतयारीका सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा सामाजिक विकास मन्त्री राईले त्यस्तो निर्देशन दिएकी हुन् । कार्यक्रममा मन्त्री राईले भनिन्, ‘हामी तयारी अवस्थामै थिएनौं भन्ने छुट कसैलाई छैन ।’

कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्वतयारीमा रहन निर्देशन दिँदै उनले  समस्या र चुनौतीको सबैले मिलेर मात्र समाधान गर्न सकिने बताइन् । कोरोनालाई परास्त गर्नका लागि सबै एकजुट भए मात्र सम्भव हुने उनले बताइन् । मन्त्री राईले अस्पतालको क्षमताअनुरूप कोरोना सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताइन् ।

मन्त्री राईले प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्लाभित्रका सबै पालिकाहरूको अवस्था, आवश्यकता र तयारीसहित जिल्लाको समस्या, आवश्यकता पहिचान गरी आवश्यक तयारीसहित सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेश गर्न निर्देशन दिएकी छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईं, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरू, सदरमुकामका पालिकाका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरूको  सहभागिता रहेको थियो ।

१ हजार १ सय ४ जनामा कोरोना सङ्क्रमण
 प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय ४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । १ हजार ७ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ५२ र १ हजार ३ सय ३१ जनाको एण्टिजेन परीक्षण गर्दा ४ सय ५२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३ सय ७, सुनसरीमा १ सय ७७, मोरङमा १ सय २३, धनकुटामा १४, इलाममा ९, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको छ ।

झापाको दमकमा १ सय ११, बिर्तामोडमा ७३, अर्जुनधारा र कन्काईमा २३–२३, मेचीनगरमा २०, भद्रपुरमा १७, बुद्धशान्तिमा १४, शिवसताक्षीमा १२, कमल गाउँपालिकामा ४, बाह्रदशीमा ३, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, कचनकवल, हल्दिबारी र गौरादहमा १–१, सुनसरीको धरानमा १ सय १८, इटहरीमा ४०, वराहक्षेत्र र इनरुवामा ५–५, रामधुनी र दुहबीमा १–१ र स्थानीय तह नखुलेका ७, मोरङको विराटनगरमा ५५, केराबारीमा १८, उर्लाबारी र सुन्दरहरैचामा १३–१३, बेलबारीमा ८, पथरीशनिश्चरेमा ५, मिक्लाजुङ र ग्रामथानमा ३–३, रङ्गेली, लेटाङ, सुनवर्षी, रतुवामाई र कटहरीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रीबासमा २, महालक्ष्मी, छथर, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २ र देउमाईमा १, सङ्खुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, तेह्रथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथरको फालेलुङ र ताप्लेजुङको मैवाखोलामा १–१ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा बिहीबार ३ सय ८२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १ सय ७६ महिला र २ सय ६ पुरुष सङ्क्रमणमुक्त भएका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]