सुनसरीको वराहक्षेत्र नगरको शान्ति सुरक्षा तथा अपराध न्यूनीकरणमा नागरिकको सहयोग महत्त्वपूर्ण हुने सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताउनुभएको छ ।
एक महिना अघि जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी समालेका थापाले वराहक्षेत्र मा हुने लागुऔषध ओसार पसार, महिला हिंसा तथा सामाजिक अपराध न्यूनीकरण गर्न नागरिकको सहयोग अपरिहार्य रहने बताउनु भएको हो ।
वराहक्षेत्र ६ चकरघटीमा प्रहरी उपरीक्षक थापाको स्वागत तथा परिचय कार्यक्रममा बोल्दै थापाले समाजमा हुने अपराध न्यूनीकरणको लागि नागरिक पहिलो खम्बा भएको बताउँदै आफ्नो कार्यकालमा नागरिक र प्रहरीबिचको सम्बन्ध पहिला झैँ राम्रो हुने बताउनुभयो ।
यस्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवशीले वराहक्षेत्र मा देखिएको लागुऔषध कारोबार तथा ओसार पसारमा प्रहरी कडा प्रस्तुत भएको बताउनुभयो विगतको भन्दा आफ्नो कार्यकालमा लागुऔषध सम्बन्धी १३ जनालाई मुद्दा दर्ता भएको जानकारी दिनुभयो । लागुऔषध सम्बन्धी अपराध नियन्त्रणमा नागरिक स्तरबाट अझै प्रहरीलाई सहयोग गर्न वहाँले आग्रह गर्नुभयो ।
परिचय कार्यक्रममा वराहक्षेत्र नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष फडिन्द्र भट्टराई, ३ नं. वडाका अध्यक्ष रुद्र दाहाल लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले प्रहरी उपरीक्षक थापालाई खँदा ओढाएर स्वागत सम्मान गर्नुभएको थियो ।
यस्तै बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टिमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगर, क्युआरसी बराहक्षेत्र र सप्तकोसी युवा क्लबको संयुक्त आयोजनामा तथा बराहक्षेत्र नगरपालिकाको बिशेष सहयोग र नेपाल रेडक्रस सोसाइटी सुनसरीको समन्वयमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । संकलित रगतलाई रेडक्रस सोसाइटीलाई हस्तानतरण गरिएको छ । कोरोना कहरका कारण रक्तदान कार्यक्रम कम हुनुका साथै देशको विभिन्न ठाउँमा भैरहेको रगत अभावको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको क्युआरसी बराहक्षेत्रको संयोजक बिमला घिमिरेले जानकारी दिनुभयो ।
वडा नं. ८ का वडा अध्यक्ष फडिन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सन्जय सिंह थापाको प्रमुख आतित्यथता रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीका उपसभापति डम्बर सिक्देल, ३ नम्बर वार्ड अध्यक्ष रुद्र दाहाल लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।