• साउन १८, २०७८
  • जुनकिरी खबर

बीपीको कोभिड अस्पताल सङ्क्रमितले भरिन थाल्यो

alt

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणदर पनि उच्च हुन थालेको छ ।

कोरोना संक्रमणदर उच्च हुन थाले सँगै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पनि बिरामीको सङ्ख्या बढ्न थालेको छ ।

दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिए देखि बिरामीको सङ्ख्या बढ्दै गएको भए पनि बिचमा निषेधाज्ञा कडा हुँदा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या पनि घट्दै गएको थियो ।

अहिले भने फेरि सङ्क्रमित बिरामी भर्ना हुने क्रम बढेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालका फोकल पर्सन डा. विकास शाह बताउँछन् ।

उनका अनुसार अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ५९ जना कोरोना सङ्क्रमित बिरामी भर्ना भएर उपचार गराइरहेका छन् ।

जस मध्ये ३ जना भेन्टिलेटरमा र अरू ३ जना आइसियु र विशेष उपचार कक्षमा उपचार गराइरहेका छन् भने बाँकी अक्सिजन बेडमा उपचाररत रहेका छन् । गए राति सम्मको बिरामीको तथ्याङ्कलाई हेर्ने हो भने ५९ जना बिरामी मध्ये १ जनाको मृत्यु भएको छ भने उपचारका लागि भर्ना हुनेको सङ्ख्या बढिरहेको डा.शाहले बताए।

पछिल्लो समय कोरोनाको डेल्टा भेरिअन्ट फैलिएको बताइरहँदा संक्रमणदर पनि बढेको स्वास्थ्य विज्ञहरूले बताएका छन् । यो भेरिअन्ट एकै पटक धेरैमा तीव्र रूपमा सङ्क्रमण हुने भएकोले पछिल्लो समय कोरोना संक्रमणदर पनि बढेको बताइएको छ ।a

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]