• साउन २०, २०७८
  • जुनकिरी खबर

छ बुँदे सहमति पश्चात् बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी काममा फर्किए

alt

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधानका लागि स्वस्थ्य मन्त्रालयका प्रतिनिधिसँग छ बुँदे सहमति भएपछि आन्दोलनरत स्वास्थ्कर्मी काममा फर्किएका छन्। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गठन गरेको स्वास्थ्य सेवा विभागका निर्देशक डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा भएको बार्तामा आन्दोलनरत पक्षसँग छ बुँदे सहमति भएपछि आन्दोलनरत स्वास्थयकर्मी काममा फर्किका हुन्। 

बार्ता टोलीले मंगलबार प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको समितिसँग प्रतिष्ठानको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा तत्काल कार्यान्वय गर्ने, प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहलाई पदीय आचरण विपरित काम गरेकाले बर्खास्त गर्नका लागि प्रकृया अगाडि बढाउने, प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्दा मापदण्ड सहितको कार्यविधि बनाइ योग्य व्यक्तिहरुलाई नियुक्ति गर्नुपर्ने लगायतका सहमति गरिएको बीपी प्रतिष्ठान शुद्धीकरण अभियान आन्दोलन संर्घष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले बताए। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]