• साउन २३, २०७८
  • जुनकिरी खबर

सुनसरी जिल्लामा पुनः मास्क अभियान शुरु

alt

जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लामा पुनः मास्क अभियान थालेको छ । 

जिल्लाभित्र बढ्दो क्रममा रहेको सङ्क्रमण दरलाई मध्यनजर गर्दै केही दिन अघिबाटै सुनसरीमा अभियान थालेको प्रहरीले जनाएको छ । 

सङ्क्रमण दर बढ्न थालेसँगै फेरि मास्क अभियानलाई तीव्रता दिइएको सुनसरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाभित्र तेस्रो लहरको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मास्क अभियानलाई तीव्रता दिइएको हो । 

पछिल्लो पटक प्रहरीले पुनः थालेको सचेतना अभियानअन्तर्गत इनरुवाको कार्यक्रममा वडा अध्यक्ष र उद्योग वाणिज्य संघका पदाधिकारी समेत सहभागी भएका छन् । प्रहरी निरीक्षक मिना राई नेतृत्वको टोलीले इनरुवाबाट तेस्रो चरण लक्षित गरी औपचारिक रुपमा माक्स सचेतना अभियान थालेको हो ।

सुनसरी प्रहरीका अनुसार जिल्लामा सकृय सङ्क्रमितको संख्या २ हजारको हाराहारीमा रहेको छ । सुनसरी प्रहरीले जिल्लाका कतिपय स्थानीय तहले सङ्क्रमित क्षेत्र सिल समेत गरिरहेको हुँदा सङ्क्रमण दरलाई सामान्य ठान्न नहुने भनेको छ ।

कोरोनाको ग्राफ पुनः बढ्दो क्रममा देखिएकाले अभियानलाई तीव्रता दिनु जरुरी ठानिएको प्रहरीको भनाइ छ । सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाका अनुसार मास्क अभियानलाई मातहतका कार्यालयमार्फत् जिल्लाभर सञ्चालनमा ल्याइने छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]