• साउन २४, २०७८
  • जुनकिरी खबर

सुषमा गोदावरी कलेजद्धारा विद्यार्थीहरुलाई सम्मान

alt

एमबिबिएस र इञ्जिनियरिगं तर्फको प्रवेश परिक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल इटहरीको सुषमा गोदावरी कलेजले आफना चार जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

कलेजले एमबिबिएस तर्फ नाम निकाल्न सफल विद्यार्थीद्वय शिशिर शाही, राहुल सुब्बा र इञ्जिनियरिगं तर्फ नाम निकाल्न सफल विद्यार्थीद्धय दर्शन कोइराला र आयुष अधिकारीलाई सम्मान गरेको हो । कक्षा ११ र १२ मा आफनो कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले चिकित्सा शास्त्र तथा इञ्जिनियरिगं तर्फ नाम निकाल्न सफल विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको प्राचार्य वोधराज नेपालले जानकारी दिनुभयो । पुर्ण छात्रवृत्तिमा अध्ययनका लागि नाम निकाल्न सफल विद्यार्थीहरुलाई कलेजको तर्फबाट नगद पाँच पाँच हजार सहित दोसल्ला, अविर लगाएर सम्मान गरिएको थियो ।

सम्मानित विद्यार्थीहरुलाई कलेजका प्राचार्य नेपाल, डारेक्टर सुकदेव घिमीरे र पेशल पोखरेलले सम्मान गर्नुभएको थियो । विज्ञान संकायका साथै व्यवस्थापन र होटल व्यवस्थापन विषयको अध्ययन हुने सुषमा गोदावरी कलेजमा अध्ययन गरेका विद्यार्थीहरु थप उच्च शिक्षा हासिल गर्ने क्रममा अन्य कलेजहरुमा अध्ययन गर्दा समेत उत्कृष्ट नतिजा ल्याउन सफल हुदै आएको समेत कार्यक्रममा बताइएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]