• साउन २६, २०७८
  • जुनकिरी खबर

सुनसरीमा ब्राउन सुगरसहित पाँच पक्राउ

alt

सुनसरीको इनरुवाको बसपार्कबाट प्रहरीले सप्तरीका पाँच जनालाई १ सय ३० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी–१४ बस्ने २० वर्षीय अमोदकुमार यादव, रामपुर मलहनिया–१४ बस्ने २४ वर्षीय विनोदकुमार कामत, तिलाठी कोलारी–४ बस्ने २० वर्षीय ईनरकुमार मुखिया, सोही वडा बस्ने १९ वर्षीय रमेश मुखिया र कार चालक २२ वर्षीय फूलकुमार मुखिया रहेका छन् ।

प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेपनि मंगलबार बिहान सार्वजनिक गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउँदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकेर तलासी ब्राउन सुगर बरामद भएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसैबीच मोरङको उत्तरी क्षेत्रमा पर्ने लेटाङ नगरपालिका–९ बुढौली चौकबाट लागूऔषधसहित लेटाङ–८ बस्ने २४ वर्षीय पदमबहादुर राई पक्राउ परेका छन् । अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले उनको साथबाट ३ सय ७० ट्याब्लेट स्पासपेन बरामद गरेको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]