• साउन २८, २०७८
  • जुनकिरी खबर

इटहरीका नगरप्रमुख चाैधरीलाई कार्यालय प्रवेशमा राेक

alt

इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चाैधरीलाई कार्यालय प्रवेशमा राेक लागाएकाे छ ।  बुधबार  नगरपालिका ४ आइतबरेका यम प्रसाद ढकाललाई थुनेर राखेपछि आन्दाेलित भएकाे नेपाली काँग्रेसले इटहरीले चाैधरीलाई कार्यालयमा प्रवेश निषेध गरेकाे हाे । 

पैनीकाे जग्गा मिचेकाे भन्दै कार्यालयमा बाेलाएर जवरजस्ती ७ दिन भित्र घर भत्काउने कागज गर्न भनेपछि नमानेका ढकाललाई कार्यलयमै बन्दि बनाएका थिए । ढकाललाई बन्दी बनाएसंगै सेवाग्राहिलाई नगरप्रमुख चाैधरीले दमनकारी व्यावहार गरेकाे भन्दै इटहरी कांग्रेसले चाैधरीकाे कार्यकक्षमा ताला लगाएका थिए । 

बिहिबार  उपमहानगरपालिका अगाडी १ घण्टा प्रदर्शन गर्दै स्वेच्छाचारी ढङ्गले जनतालाई दुःख दिने काम गरेको भन्दै काँग्रेसले कार्यालय प्रवेशमा रोक लगाएको हो ।

 प्रदर्शनपछि कार्यालयकी निमित्त प्रमुख भोजकला दवाडीलाई ज्ञापन पत्र बुझाएको थियाे । विगतमा सूचना प्रकाशित भएका व्यक्तिगत तथा संस्थागत भौतिक संरचना हटाई खोला तथा पैनीको संरक्षण गर्नुपर्ने माग गर्दै  काँग्रेसले नगरप्रमुख  चौधरीले आफ्ना गतिविधि प्रति आत्मालोचना गरेर विधि प्रक्रिया र कानुन बमोजिम कार्यसम्पादन गर्नुपर्ने बताएकाे छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]