• साउन ३१, २०७८
  • जुनकिरी खबर

कोरोना बिरुद्धको खोप नदिएपछि इटहरीका व्यवसायी रुष्ट

alt

मेयरले खोप कटौती गरेको भन्दै रुष्ट बनेका इटहरीका व्यापारीले इनरुवा पुगेर खोप लगाएका छन् । उप–महानगरपालिकाले समन्वय नगरेको भन्दै उद्योग वाणिञ्य संघ इटहरीमा आवद्ध व्यापारीहरुले इनरुवा पुगेर खोप लगाएका हुन्  जोन्सन एण्ड जोन्सन खोप लगाउन इनरुवा पुगेका व्यापारीहरुले नगर प्रमुख द्वारिकलाल चौधरीको रवैयाले आफुहरुले सास्ती झेल्नु परेको बताएका छन् ।

उनीहरुले स्थानीय तहको समन्वयमा जिल्लाका अन्य पालिकामा खोप लगाउने कार्य भैरहेपनि इटहरी उपमहानगरपालिकामा भने आफुहरु विभेद परेको बताएका छन् । व्यापारीहरुलाई लिएर खोप लगाउन इनरुवा अस्पताल पुगेको उद्योग वाणिज्य संघ इटहरीको टोलीले मेयर चौधरीकै कारण आफुहरुले सास्ती झेल्नु परेको बताएको छ । आफुहरुको कोटामा परेको खोप समेत मेयरले कटौती गरिदिएको उद्योग वाणिज्य संघ इटहरीका वरिष्ट उपाध्यक्ष दिवश पोखरेलले बताए ।

पोखरेलले स्वास्थ्य कार्यालय र सुनसरी प्रशासन सँगको समन्वयमा इनरुवा अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइको बताए । उनले इटहरीमा फ्रन्टलाइनर मात्रै १९ हजार बढी ब्यापारी रहेकोले उपलब्धताका आधारमा क्रमशः सबैलाई खोप लगाइने बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]