• साउन ३२, २०७८
  • जुनकिरी खबर

इटहरीमा ग्यारेजमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु

alt

ईटहरीमा एक ग्यारेजमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

इटहरी उपमहानगरको वडा नं १७ लबिपुरस्थित अंकित बडि ग्यारेजमा कार्यरत ४० बर्षीय रामकुमार लिम्बुको मृत्यु भएको हो । ताप्लेजुङ मेरिङ्डा गाउँपालिका ४ घर भएका लिम्बु इटहरीको ग्यारेजमा कार्यरत थिए । हिजो आइतबार बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा लिम्बुलाई करेन्ट लागेर गम्भिर घाईते भएका थिए ।

उनको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]