• साउन ३२, २०७८
  • जुनकिरी खबर

धरानमा १० दिन कडा लकडाउन गरिने

alt

धरानमा कोरोना संक्रमणको चेन ब्रेक गर्नको लागि १० दिन पुर्ण एवं कडा लकडाउन गरिने भएको छ । 

आज सोमबार धरान उपमहानगरपालिकामा सुनसरीका प्रजिअ उमेशकुमार ढकाल तथा सुरक्षा अधिकारीहरुसहित भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले चेक ब्रेक गर्न भदौ ४ गतेदेखि १३ गतेसम्म पुर्ण लकडाउन गर्न सिफारिश गर्ने निर्णय गरेको हो । बैठकले भदौ ३ गतेसम्म तयारी गर्ने र ४ गतेदेखि १३ गतेसम्म निषेधाज्ञा जारी गर्न सिफारिश गर्ने निर्णय गरेको छ ।

बैठकको यो निर्णयलाई भोली मंगलबार धरानको नगर कार्यपालिका बैठकमा प्रस्तुत गरेर अनुमोदन गरेपछि मात्र जिल्ला प्रशासनमा पठाइनेछ, र जिल्ला प्रशासनले धरानमा लकडाउनको निर्णय गर्नेछ ।

बैठकले ३ गतेसम्म सर्वसाधारणहरुलाई आवश्यक पर्ने सामान तथा खाद्यान्नहरु जोहो गर्न समय दिने र सुचित गर्ने पनि जनाएको छ । बैकठमा मेयर तिलक राईले पुर्ण लकडाउन गर्न आफुहरुको बाध्यता भएको बताएका थिए । अप्रिय निर्णय भएपनि चेन ब्रेक गर्न यो भन्दा अन्य उचित उपाय नभएको भन्दै उनले सवैलाई सहयोगको लागि आग्रह गरेका थिए ।

प्रजिअ ढकालले स्थानीय तह, सरोकारवालाहरुको राय, सुझावको आधारमा निर्णय गरिने बताए । बैठकमा राजनीतिक दल, मजदु र उद्योगी, व्यवसायीहरुले पनि धारणा राखेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]