• भदौ २, २०७८
  • जुनकिरी खबर

धरानमा १० दिन पुर्ण लकडाउन गर्ने कार्यपालिकाको निर्णय

alt

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १० दिन कडा लकडाउन गर्ने निर्णय गरेको छ ।  

आज बसेको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डिसिसिएमसिलाई सिफारिश गरेको छ । उपमेयर मञ्जु भण्डारी सुवेदीका अनुसार यो लकडाउन अत्यन्तै कडा हुने र वडाका सबै संयन्त्र, जनप्रतिनिधिहरु परिचालन गरिने बताइन् । उनका अनुसार टोल टोलमा शंकास्पद व्यक्तिहरुको तथ्यांक संकलन गर्ने र पिसिआर परिक्षणको व्यवस्था गरेर पोजेटिभ देखिए आइसोलेसनमा राख्ने वा वीपी प्रतिष्ठानमा उपचारको लागि पनि समन्वय गरिनेछ । यो कार्यमा वडाका जनप्रतिनिधिहरुसँगै टोल विकास संस्थाहरु पनि परिचालन हुनेछ ।

लकडाउन अवधिमा औषधी पसल मात्र खोल्न पाइनेछ । बजार, पसल तथा यातायात सबै पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । तरकारी पसल पनि बन्द गरिने उपमेयर भण्डारीले बताइन् । तर, दुध विरामीहरुलाई आवश्यक पर्ने भएकोले डेरी पसलमा अगाडि क्रेटमा मात्र राखेर बिक्री गर्न दिइने उनले बताइन् । अरु केही पनि बेच्न पाइदैन, दुध बिहानै आउछ, र दोकान अघि क्रेटमा मात्र राखेर बेच्न पाइन्छ, उनले भनिन्, तरकारी पनि यसपाली बेच्न नदिने निर्णय भएको छ । 

सर्वसाधारणहरुलाई ३ दिन आवश्यक सामान खरिद गर्न वा आफ्नो कार्यहरु सम्पन्न गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ । 'आवश्यक काम गर्न वा खरिद गर्न ३ दिनको समय दिएका छौं, यो लकडाउन हामीले जनताकै ज्यान जोगाउनको लागि गरेका हौं, संक्रमणको चेन ब्रेक गर्न आवश्यक परेकोले बाध्यता हो, 'उनले भनिन् ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]