• भदौ ३, २०७८
  • जुनकिरी खबर

एमाले विभाजनसँगै प्रदेश १ को सत्ता होड रोचक मोडमा

alt

नेकपा एमालेको औपचारिक  विभाजन प्रक्रिया सुरू भएसँगै प्रदेश १ सरकारको नेतृत्व होड रोचक बनेको छ। एमालेको एकल बहुमत रहेको प्रदेशमा अब उसकै नेतृत्वको सरकार रहिरहने सम्भावना कमजोर बनेको छ।

शेरधन राई नेतृत्वको सरकारलाई  अन्य दलसँग मिलेर ढाल्न पुग्ने संख्या आफूसँग रहेको  एमाले माधव नेपाल समूहले दाबी गरिरहेको छ।

पार्टी विभाजनले शेरधन राई नेतृत्वको सरकार ढल्ने निश्चितप्रायः भएपछि एमाले संस्थापन पक्षले मुख्यमन्त्रीको विकल्प खोज्न सुरू गरेको छ। प्रदेशका सांसदहरूलाई विभाजनतर्फ जान नदिने उद्देश्यले एमालेले भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने कसरत थालेको हो। केही दिनअघिसम्म मुख्यमन्त्री बन्ने दौडमा रहेका आचार्यले भने अहिले इच्छा नदेखाएको एमाले नेताहरूले बताएका छन्।

यसअघि दुई पटकसम्म मुख्यमन्त्री बन्ने प्रयासमा विफल बनेका आचार्यले यसपटक इच्छा नदेखाउनुको कारण संसद्को गणित भएको एमाले नेताहरू बताउँछन्। माधव नेपाल पक्षमा उभिएका आचार्यबाहेकका सांसद उनकै साथमा रहने सम्भावना बलियो भएपछि आचार्य अघि बढ्न हच्केका हुन्।

सांसद एवम् नवगठित एमाले समाजवादीका नेता राजेन्द्र राईले आफ्नो समूहको सानो संख्याबाहेक अरू सबै टिममा रहने दाबी गरे। उनले को कता लाग्छन् भन्नेचाहिँ खुलाउन चाहेनन्।

प्रदेशमा अहिलेसम्म माधव समूहमा रहेकामध्ये नेता आचार्यसहित यशोदा अधिकारी, सावित्रा जोशी र सरिता थापा कुनै पक्षमा खुलेका छैनन्। केही सांसदहरू भने माधव नेपाल पक्षमा खुलेका छन्। जसमध्ये राजेन्द्र राई, राजन राई, खिनु लङ्वा लिम्बू, कृष्णकुमारी राई, गणेश काङमाङ, सुनिता चौधरी, सावित्रा रेग्मी, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङ खुलेर नेपाल समूहमा लागेका छन्। त्यस्तै लक्ष्मण तिवारी, बलबहादुर साम्सोहाङ, होमकुमारी साँवा पनि खुलेरै पक्षमा उभिएको दाबी नेता राजेन्द्र राईले बताए।

अर्का सांसद् लिलाबल्लभ अधिकारी अहिले भारत गएका छन्। उनी पनि टिममा रहने विश्वास माधव पक्षको छ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]