• भदौ ९, २०७८
  • जुनकिरी खबर

वराहक्षेत्रको सुन पसलबाट ४ लाख बढीको चोरी

alt

वराहक्षेत्र नगरपालिकाको वाडनं-२ बयरबन स्थित सप्तकोसी सुनचाँदी पसलमा करिब ४ लाख रुपैंया बराबरको गरगहना चोरी भएको छ ।

गए राती पसलबाट ३ तोला २ आना सुन र १ किलो चाँदी चोरी भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताएका छन् ।

काठको ढोका भएको सुन पसलमा ढोका फुटाएर चोरी भएको प्रहरीले जनाएको छ । पसलमा राखिएको सिसिटिभी क्यामेराको रेकर्ड पनि चोरी भएको राजवंशीले जानकारी दिए ।

पसलमा बेच्न राखिएको, ग्राहकले सफा गर्न दिएको २ थान र बनाउँदै गरिएको सुनको गहना, यसै गरी चाँदीको सिक्री, सिक्का, औँठी र बालाहरू चोरी भएको पसल सञ्चालक महेश विकले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]