• भदौ ११, २०७८
  • जुनकिरी खबर

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ

alt

प्रदेश १ को मुख्यमन्त्रीको रूपमा भीम आचार्यले सपथ ग्रहण गरेका छन् ।

विराटनगरको होटल एसियाटिकमा आज बिहान संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यले आजै मुख्यमन्त्रीको सपथ ग्रहण गरेका हुन् ।

संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । आचार्यले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले आज प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारी समक्ष राजीनामा दिए लगत्तै आचार्यले सपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री हेरफेर अघि नेकपा एमालेले संसदीय दलको नेता परिवर्तन गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५२ सांसद अर्थात् प्रस्ट बहुमत भएकाले दलको नेता नै मुख्यमन्त्री हुन्छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]