• भदौ १२, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा एमालेका १० सांसद समाजवादीमा जाँदै, नयाँ सरकार संकटमा

alt

प्रदेश १ मा नेकपा (एमाले)का १० सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन् ।

विराटनगरमा शुक्रबार साँझ बैठक गरेर १० जनाले समाजवादीमा जाने सामूहिक निर्णय लिएको प्रदेश सांसद उपेन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार अहिले तटस्थ बसेर केही दिनभित्रै नयाँ दल नेकपा समाजवादी रोजेको जानकारी गराएर सनाखतका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी छ । मोरङबाट प्रदेशसभा सदस्यमा निर्वाचित घिमिरे विगतदेखि नै नेपाललाई साथ दिँदै आएका सांसद हुन् ।

आफूसहित भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङकी सावित्रा रेग्मी, कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, संखुवासभाकी पदमकुमारी गुरुङ, सरीता थापा र उदयपुरकी सुनीता चौधरीले एमालेमा नबस्ने निर्णय गरेको घिमिरेले बताए ।

सांसदको यो निर्णयसँगै गत बिहीबार मात्रै मुख्यमन्त्री बनेका एमाले सचिव एवं प्रदेश इन्चार्ज भीम आचार्य नेतृत्वको सरकार संकटमा परेको छ । दल विभाजन भएकाले आचार्यले मुख्यमन्त्री बनेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]