• भदौ १३, २०७८
  • जुनकिरी खबर

रोट्रयाक क्लव अफ सुन्दरहरैंचा र इटहरीको पदस्थापन समपन्न

alt

रोट्रयाक क्लव अफ सुन्दरहरैंचा र रोट्रयाक क्लव अफ इटहरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

सुन्दरहरैंचास्थित नयाँ वृन्दावन गौशालामा संयुक्त रुपमा दुवै क्लवको पदस्थापन कार्यक्रम गरिएको हो । पदस्थापन कार्यक्रममा रोट्रयाक क्लव अफ इटहरीको वर्ष ०२१÷०२२ का लागि सुमन खड्काले अध्यक्षको सपथ लिनुभयो । यस्तै भर्खरै स्थापना गरिएको रोट्रयाक क्लव अफ सुन्दरहरैंचाको वर्ष ०२१÷०२२ का लागि शम्भू धमलाले अध्यक्षको सपथ लिनुभयो ।

कार्यक्रममा दुवै क्लवका अध्यक्षलाई रोटरी क्लव अफ इटहरीका अध्यक्ष सविना कोइरालाले प्रमाणपत्र हस्तान्तर गरि कलर प्रदान गर्नुका साथै सपथ खुवाउनुभयो । सुन्दरहरैंचामा पहिलो रोट्रयाक क्लवको रुपमा यसैवर्ष रोट्रयाक क्लव अफ सुन्दरहरैंचा स्थापना गरिएको हो ।

जसमा शम्भू धमलाको नेतृत्वमा ३० जना युवाहरु आवद्ध छन् । त्यसैगरि कार्यक्रममा रोटरी क्लव इटहरीमा आवद्ध भएका नयाँ सदस्यहरुलाई समेत सदस्यता वितरण गरि सपथ गराइएको थियो । नयाँ सदस्यहरुलाई जोन ३३ का एजी अनिता अधिकारीले सपथ खुवाउनुभयो ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नयाँ वृन्दावन गौशालाका गुरु दिनबन्धू शास्त्रीको विशिष्ट आतिथ्यता रहेको थियो ।।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]