• भदौ १४, २०७८
  • जुनकिरी खबर

इटहरीमा ६६ जना सहित प्रदेश १ मा ५७४ जनामा कोरोना सङ्क्रमण

alt

इटहरीमा ६६ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार २८१ जनाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०, धनकुटामा ८, पाँचथरमा ३, सङ्खुवासभा र भोजपुरमा २–२, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बिर्तामोडमा ४८, दमकमा २८, भद्रपुरमा २०, शिवसताक्षीमा १८, अर्जुनधारामा १२, मेचीनगर र कनकाईमा १०–१०, बुद्धशान्ति र कमल गाउँपालिका ९–९, बाह्रदशीमा ४, हल्दिबारीमा २ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ४२, बेलबारीमा २२, सुन्दरहरैचामा १४, उर्लाबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ३, कानेपोखरी र ग्रामथानमा २–२, रतुवामाई र लेटाङमा १–१, सुनसरीको इटहरीमा ६६, धरानमा १९, दुहबी र इनरुवामा ३–३, रामधुनीमा २, बर्जू, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदयमा ३, देउमाई, इलाम नगरपालिका, रोङ र चुलाचुलीमा २–२, स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा ४, चौदण्डीगढीमा ३, त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाँचथरको फिदिम, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभाको खाँदवारिमा २, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, तेह्रथुमको म्याङ्लुङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९० महिला र १९८ पुरुष रहेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]