• साउन १५, २०७६
  • जुनकिरी खबर

गोरु तस्करीको हब बन्दै झापा

alt

झापामा लामो समयदेखि गोरु तस्करी हुँदै आएको छ । विभिन्न समयमा प्रहरीले गोरुसहित मानिस समाते पनि त्यो प्रभावकारी हुन सकेको छैन ।

झापामा नयाँ–नयाँ प्रहरी प्रमुख आए लगत्तै शान्ति सुरक्षा मजबुद बनाउने प्रतिबद्धतासँगै सबै प्रकारका चोरी–तस्करी नियन्त्रण गर्ने कुरा सुनिन्छ । सँगै केही दिन तस्करले आफ्नो क्रियाकलाप न्यून पनि पार्छन् । तर, समय क्रमसँगै उनीहरुको सक्रियता बढ्ने गरेको छ । यो आँखो देखा कुरा हो । यो सत्य हो– ‘कस्मेटिक’ कुरा होइन ।

एकाएक चुपचाप भएको तस्करले कसरी आफ्नो क्रियाकलाप तीव्र बनाउन शक्ति आर्जन गर्छ । त्यो सबैको चासोको विषय हो । प्रहरी, प्रशासन, राजनीति दल एवम् सरोकारवाला निकायसँग हिमचिम बढाएर तस्करले आफ्नो ‘फन’ उठाउने जानकारहरु बताउँछन् ।

झापाका दक्षिणी नाका गाई गोरू तस्करीको सहज मार्ग बन्ने गरेको छ । प्रहरी प्रशासनकै मिलिभगतमा तस्करहरूले दक्षिणी नाका गाई गोरू तस्करीका लागि उपयोग गरिरहेका हुन् ।

नेपालबाट अबैध रूपमा भारततिर गाई गोरू लैजान सिमामा खटिएका प्रहरीदेखि जिल्लाको नियामक नेतृत्वसम्म नजराना बुझाएर भारतिर दिउँसै लैजाने प्रबृत्ति निरन्तर छ । तर कहीले काँही नजराना लेन देनमा मिलिभगत हुन नसक्दा प्रहरीले गाई गोरू पक्रेर प्रचार समेत गर्ने गरेको छ ।

पछिल्लो पटक भद्रपुर नाकाबाट गरेको २२ वटा गोरू प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको भनिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ३ स्थित दश गज्जा क्षेत्रबाट २२ वटा गोरू नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको गोरूलाई एक लाख २० हजार मूल्यांकन तोकर भद्रपुर भन्सार बुझाइएको जनाएइको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]