• भदौ १५, २०७८
  • जुनकिरी खबर

प्रदेश १ का स्थानीय तहमा ५ अर्ब बेरुजु

alt

महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा प्रदेश १ का स्थानीय तहमा ५ अर्ब १२ करोड ४८ लाख रुपैयाँ पेस्की बेरुजु पाइएको छ ।

महालेखाले यस प्रदेशका १ सय ३७ मध्ये १ सय ३३ स्थानीय तहमा भएको १ खर्ब ६१ अर्ब ४१ करोड ८० लाखको लेखापरीक्षण गर्दा ३ दशमलव १७ प्रतिशत पेस्की बेरुजु औंल्याएको हो । जसमध्ये असुलउपर गर्नुपर्ने र अनियमित ४ अर्ब ४७ करोड २२ लाख र पेस्की ६५ करोड २६ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

विराटनगर महानगरपालिकाले गरेको आयव्यय १३ अर्ब ४८ करोड ८७ लाखको लेखापरीक्षण गर्दा ३ दशमलव ४१ प्रतिशत अर्थात् ४६ करोड ३ लाख रुपैयाँ बेरुजु औंल्याइएको छ । धरान र इटहरी गरी दुई उपमहानगरपालिकामा यस वर्ष २४ करोड ५४ लाख बेरुजु औंल्याइएको छ । धरानमा यस वर्षको १२ करोड २७ लाखसहित हालसम्ममा २० करोड १७ लाख बेरुजु भएको प्रतिवेदनमा उल्लेख छ ।

इटहरी उपमहानगरमा पनि यस वर्ष १२ करोड २७ लाखसहित हालसम्ममा ४९ करोड ६ लाख बेरुजु रहेको महालेखा प्रतिवेदनमा छ । ४५ वटा नगरपालिकामा महालेखाले ७० अर्ब ९० करोड ८५ लाख आयव्ययको लेखापरीक्षण गर्दा २ दशमलव ९१ प्रतिशत अर्थात् २ अर्ब ६ करोड ४६ लाख बेरुजु औल्याएको छ ।

प्रदेशका ८५ वटा गाउँपालिकाले गरेको ६९ अर्ब ९३ करोड ५१ लाख आयव्ययको लेखापरीक्षण गर्दा ३ दशमलव ३८ प्रतिशत अर्थात् २ अर्ब ३६ करोड ५९ लाख बेरुजु देखिएको छ । झापाको बिर्तामोड नगरपालिका, धनकुटाको साँगुरीगढी र चौबिसे गाउँपालिका र मोरङको कटहरी गाउँपालिकाको कोरोना महामारीको कारण देखाउँदै लेखा तथा स्रेस्ता पेस नभएकोले लेखापरीक्षण गर्न बाँकी रहेको महालेखाले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]