• भदौ १६, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा एमालेका १० सांसद समाजवादीतर्फ, संकटमा मुख्यमन्त्री

alt

नेकपा एमालेका प्रदेश १ का १० सांसदले बुधबारबाट औपचारिक रूपमा पार्टी छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनीहरुले प्रदेश १ निर्वाचन आयोगको कार्यालय विराटनगरमा पुगेर बुधबार एकीकृत समाजवादीका लागि सनाखत गराएका छन् । एकीकृत समाजवादी रोज्ने सांसदहरुमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, कृष्ण कुमारी राई र सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङमाङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ छन् ।

नेकपा एकीकृत समाजवादी मोरङका प्रवक्ता ओसिम आमलका अनुसार सबै सांसदहरुले निर्वाचन कार्यालयमा सशरीर उपस्थित भएर सनाखत गराएका छन् । सांसदहरुलाई नयाँ दल रोज्नलाई आयोगले भदौ २२ गतेसम्म सनाखत गर्ने समय दिएको थियो ।

एमालेका १० सांसदले पार्टी छाड्दै नयाँ दल रोजेपछि प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार ढल्ने निश्चित देखिएको छ । एमालेका सचिव आचार्य नेतृत्वको सरकार एक सातामै अल्पमत परेको हो । उनी गत बिहीबार मात्रै प्रदेशका मुख्यमन्त्री बनेका थिए ।

एमाले छाडेर समाजवादीमा प्रवेश गरेका सांसदलाई आचार्यले एमालेमै रहन विभिन्न अफर गरेको बताइन्छ । उनले प्रदेशमा मन्त्री बनाउनेदेखि लिएर पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिनेसम्मको प्रलोभन देखाए पनि एमालेमा रहन नसकिएको सांसद उपेन्द्र घिमिरेले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]