• भदौ १८, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा ४१९ जनामा कोरोना सङ्क्रमण

alt

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना सङ्क्रमण भएको छ । 

१ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा ६, ताप्लेजुङमा २, भोजपुर र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ६६, बेलबारीमा ८, उर्लाबारीमा ६, कानेपोखरीमा ३, सुन्दरहरैचा र कटहरीमा २-२, लेटाङ, सुनबर्षी र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा २२, शिवसताक्षीमा १०, अर्जुनधारामा ७, बुद्धशान्ति, गौरादह, भद्रपुर र कनकाईमा ३-३, बिर्तामोडमा २, झापा गाउँपालिका र कमल गाउँपालिकामा १-१, सुनसरीको इटहरीमा १६, धरानमा ३, वराहक्षेत्रमा २, दुहबीमा १, इलामको रोङमा ७, चुलाचुलीमा ४, माई, फाकफोकथुम, सूर्योदय र इलाम नगरपालिकामा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ४ र चौबिसेमा २, ताप्लेजुङको सिदिङ्वामा २, भोजपुरको भोजपुर नगरपालिका र उदयपुरको त्रियुगामा १-१ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२९ महिला र २४१ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]