• भदौ १८, २०७८
  • जुनकिरी खबर

सिसि क्यामेरा राख्ने विषयमा इटहरीका मेयरलाई प्रतिवेदन हस्तान्तरण

alt

कोशी राजमार्ग अन्तर्गत इटहरी उपमहानगर क्षेत्रका सिसि क्यामेरा राख्ने विषयमा तयारी पारीएको प्रतिवेदन शुक्रबार उपमहानगरका मेयर द्वारिकलाल चौधरीले बुझाइएको छ ।

नेपाल रेडक्रस सोसाइट उपशाखा इटहरीका अध्यक्ष विमल पौडेल, नागरिक समाज इटहरीका अध्यक्ष सन्त बहादुर डुम्जन, उपमहानगरका वडा नम्बर ६ का वडाध्यक्ष दिपक गौतम, वडा नम्बर ९ का वडाध्यक्ष भुपेन्द्र बरालसहितको उपस्थितिमा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन केसीले मेयर चौधरीलाई सो प्रतिवेदन बुझाउनुभएको हो ।

यसअघि प्रदेश सरकार, उद्योग वाणिज्य संघ र अन्यबाट इटहरीमा उपमहानगर क्षेत्रमा जडानगरिएको सिसि क्यामेर बिग्रीएकाले नयाँ जडानका लागि उपमहानगरसँग अनुरोध गरिएको डिएसपी केसीले जानकारी दिनुभयो । झण्डै दुई दर्जनको हाराहारीमा रहेका क्यामेरामा हाल दुई वटा बाहेक सबैले काम गर्न छोडेकाले शान्ति सुरक्षामा समेत प्रभाव परेको उहाँको भनाइ । प्रतिवेदन बुझ्दै मेयर चौधरीले यथासिग्र सिसि क्यामेरा जडानको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नगरको यो वर्षको वार्षीक बजेटमा सो विषय नसमेटीएकाले आगामी मंसिरमा पुरक बजेट ल्याएर वा अन्य कुनैै शिर्षकबाट भए पनि क्यामेरा जोडेरै छोड्ने बताउनुभयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]