• भदौ २६, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा २०७ जनामा कोरोना सङ्क्रमण

alt

प्रदेश १ मा २०७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५२, झापामा ३२, सुनसरीमा २६, धनकुटामा २, खोटाङ, इलाम, पाँचथर, ताप्लेजुङ र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३७, सुन्दरहरैचा र लेटाङमा ४-४, उर्लाबारीमा ३, केराबारीमा २, सुनबर्षी र ग्रामथानमा १-१, झापाको दमकमा ११, भद्रपुरमा ९,बिर्तामोडमा ६, कचनकवलमा २, हाल्दिबारी, शिवसताक्षी, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा १९, धरानमा ६ र वराहक्षेत्रमा १, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिबासमा १-१, खोटाङको खोटेहाङ, इलामको चुलाचुली, पाँचथर, ताप्लेजुङ र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २८८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १७९ जना महिला र १०९ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]