• भदौ २८, २०७८
  • जुनकिरी खबर

वडा कार्यालयमाथि लागेको आरोप निराधार : वडाध्यक्ष भट्टराई

alt

वराहक्षेत्रका स्थानीय गोपाल कटुवालको मृतक सन्तानले पाउनु पर्ने बिमा बापतको रकम निकाल्न वडा कार्यालयले दिएको कागजात प्रकरणमा लागेको आरोप निराधार भएको वराहक्षेत्र नगरपालिका ८ नं. वडाले बताएको छ । 
 
आइतबार कटुवाल परिवारले वराहक्षेत्र नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी वडा कार्यालयले बिमा निकाल्नलाई आवश्यक पर्ने विवरण शङ्कास्पद रूपमा अरूलाई दिएको विषयमा कुनै त्रुटि नभएको वडा कार्यालयले दाबी गरेको छ । 
 
केही दिन अघि स्थानीय गोपाल कटुवालले पत्रकार सम्मेलन गर्दै २० लाख बराबरको बिमा बापतको रकम निकाल्न आवश्यक पर्ने कागजात पारिवारिक सहमति बिना वडाध्यक्ष र सचिवले दिएको र यसमा आर्थिक चलखेल भएको आरोप लगाउनुभएको थियो । उक्त रकम निकाल्न सम्बन्ध बिच्छेद्धको अवस्थामा रहेको कटुवालको श्रीमतीसँग वडा कार्यालय मिलेका जस्ता आरोप लगाइएका थिए ।  आफू तथा वडा सचिवमाथि लगाइएको विभिन्न आरोपहरू निराधार भएको वडाध्यक्ष फडिन्द्र भट्टराई ले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन । 
 
वडा कार्यालयले बिमा बापतको रकम निकाल्न आवश्यक परिवारको नाता प्रमाणित लगायतको विवरणसहितको कागजात गोपाल कटुवालसँग सक्कली हुँदाहुँदै वडा कार्यालयले भने प्रतिलिपि कागजात उनको श्रीमतीलाई उपलब्ध गराइदिएको थियो । वडा कार्यालयलाई पारिवारि विवाद रहेको हुँदा वडामा रहेको कुनै पनि कागजात नदिन कटुवाल परिवारले वडालाई जानकारी गराएको थियो ।
 
तर वडा कार्यालयले कुनै स्वर् थमा कागजात श्रीमतीलाई दिएको भनेर यो विवाद सुरु भएको थियो ।  
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]