• भदौ २९, २०७८
  • जुनकिरी खबर

रामधुनी नगरपालिका बालमैत्री नगर घोषणा

alt

सुनसरीको रामधुनी नगरपालिलाई राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा बालमैत्री स्थानीय शासन अर्थात् बालमैत्री नगर घोषणा गरिएको छ ।

बालमैत्री स्थानीय शासन कायम गर्न आवश्यक पर्ने न्यूनतम सूचक पुरा गरेकाले नगरलाई ५७ औँ वालदिवसको आवसरमा बालमैत्री घोषणा गरिएको हो । योसँगै रामधुनी नेपालको १० औँ र प्रदेशको दोश्रो बालमैत्री नगर भएको छ । नगरलाई बालमैत्री घोषणा समारोहमा बोल्दै नगरकी उप–प्रमुख सबिना कुमारी चौधरीले धेरै वर्षको मेहनतले बालमैत्री घोषणा गर्न सफल भएको जानकारी दिनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचत भएपश्चात आफूहरुको पहिलो बैठकको पहिलो निर्णय नै नगरलाई बालमैत्री बनाउने रहेको बताउनुभयो ।

कोरोना महामारीको चुनौतिकैविचमा नगरलाई बालमैत्री घोषणा गर्दा धेरै चुनौतिको सामना गर्नुपरेको उहाँले बताउनुभयो । बालमैत्री घोषणापछि बालबालीकाका हक अधिकारको सुनिश्तिताका लागि थप काम गर्नुपर्ने भएकाले सबैलाई आग्रह गर्नुभयो । नगरप्रमुख जयप्रकाश चौधरीले नगर बालमैत्री बन्नुले नगरको सुनौलो भविष्य निर्माण कोसेढुङ्गा सावित भएको बताएका छन् ।

गत वर्ष नै बालमैत्री घोषणा गर्ने अठोट लिए पनि कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]