• भदौ ३१, २०७८
  • जुनकिरी खबर

धरानमा तिहार पछि मात्र विद्यालय खुल्ने

alt

कोरोनाको उच्च जोखिम रहेकाले धरान उपमहानगरपालिका क्षेत्रमा दसैं तिहारपछि मात्र विद्यालय खोल्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।  उपमहानगरपालिकाले असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको थियो ।

तर बिहीबार बसेको नगर कार्यपालिका बैठकमा वडाध्यक्षहरुले कोरोनाको उच्च जोखिम भएको र बालबालिकालाई कोरोना विरुद्धको खोप पनि नलगाइएकाले हतार गर्न नहुने अडान लिएपछि तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय गरिएको हो ।

उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले सरकारको स्वास्थ्य मन्त्रालयले कोरोनाको उच्च जोखिम अझै रहेको जनाउँदै स्कुल खोलीहाल्ने हतार नगर्न विज्ञप्ति जारी गरेको, संक्रामक रोग विशेषज्ञहरुले पनि बालबालिकालाई खोप नलगाइएको अवस्थामा झन् संक्रमण फैलन सक्ने चेतावनी दिएको र संक्रमण पूर्ण रुपमा अन्त्य नभएकाले दसैं-तिहार पछि मात्र खोल्ने निर्णय कार्यपालिका बैठकले गरेको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]