• असोज १, २०७८
  • जुनकिरी खबर

इटहरीमा ३७ सहित प्रदेश १ मा ३१५ जनामा कोरोना संक्रमण

alt

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण भएको छ । ८५७ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, सुनसरीमा ६४, झापामा १७, धनकुटामा ९, भोजपुर र तेहृथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५७, बेलबारीमा १०, बुढीगंगामा ९, सुन्दरहरैचामा ७, ग्रामथानमा ४, कानेपोखरीमा ३, कटहरी, केराबारी र मिक्लाजुङमा २–२, सुनबर्षी, उर्लाबारी, रंगेली र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा ३७, धरानमा १६, इनरुवामा ५, रामधुनीमा ४, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा ६, दमकमा ४, मेचीनगरमा २, अर्जुनधारा, विर्तामोड, हल्दिबारी, कनकाई र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मीमा २, चौवीसे, पाख्रिबास, शहिदभूमी, र छथर जोरपाटीमा १–१, भोजपुरको भोजपुर नगरपालिका र तेहृथुमको म्याङलुङमा २–२, संखुवासभाको पाँचखपनमा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९६ महिला र १८४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]