• असोज ४, २०७८
  • जुनकिरी खबर

इटहरीमा फुड बैक स्थापनाको लागि भवन शिलान्यास

alt

इटहरीमा एक करोड ८० लाखको लागतमा फुड बैकको लागि आवश्यक भवन निर्माण गरिने भएको छ । 
भवन निर्माण गर्न सोमबार एक कार्यक्रमको आयोजना गरी इटहरी १० को डुम टोकामा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी र विशिष्ट अतिथि ग्लोबल सर्भिस टिम मल्टी पल डिस्ट्रिक्ट कोडिनेटर अनन्त प्रसाद भेटवालले संयुक्त रूपमा  भवनको शिलान्यास गर्नुभएको हो । 
 
स्थापना काल देखी नै इटहरी उपमहानगरपालिका क्षेत्रमा सक्रिय २१ लायन्स क्लब तथा लियो क्लबहरूको फुड बैक निर्माण गर्ने योजना अनुसार भवन निर्माणको लागि शिलान्यास कार्यक्रम गरिएको लायन्स क्लब अफ इटहरीका भवन निर्माण समितिका अध्यक्ष भवन खड्काले जानकारी दिनुभयो । 
 
विपद्को समयमा तत्कालीन अवस्थामा कोही पनि भोको बस्नु नपरोस् भनेर फु रड बैक स्थापना गरी सम्भावित विपद्को समयमा चाहिन सक्ने गरी खाद्यान्न भण्डारण गर्ने गरी भवन निर्माण गर्न लागिएको जनाइएको छ ।
 
फुड बैक शिलान्यास कार्यक्रममा स्थानीय विपन्न ६० परिवारलाई प्रति परिवार २० केजीका दरले चामल समेत वितरण गरिएको छ । शिलान्यास कार्यक्रममा लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर राजन खत्री, वडा नम्बर १०का वडाध्यक्ष प्रकाश चौधरी लगायतका अतिथिहरूको सहभागिता रहेको थियो । 
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]