• असोज ४, २०७८
  • जुनकिरी खबर

इटहरी अस्पताललाई कारितास नेपालद्धारा स्वास्थ्य समाग्री प्रदान

alt

कारितास नेपालले इटहरी अस्पताललाई पाँच लाख वयासी हजार बरावरको विभिन्न स्वास्थ्य समाग्री प्रदान गरेको छ ।
इटहरी अस्पतालमा सोमबार एक कार्यक्रमका बिच कारितास नेपाल क्षेत्रीय प्रतिनिधी देवेन्द्र पोखरेलले इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमलाई ११ प्रकारका स्वास्थ्य समाग्री प्रदान गरेका गर्नुभएको हो ।

कारितासले १० थान सेमि फोल्टिड वेड र म्याटे«स, १० पिस ब्यालाङ्गकेट, २ सय थान एन नाइन्टिन माक्स, सय प्याकेट सर्जिकल माक्स, सय थान पिपिइ सेट, ७८ वोत्तल सेनिटाइजर, २० प्याकेट सर्जिकल ग्लोब्स, १ सय ५० वटा एन्टिजेन टेष्टिङ्ग किट, २० वटा पल्स अक्सिमिटर, पोर्टेवल सुक्सन मेसिन र सात वटा नेवुलाइजर मेसिन प्रदान गरेको जनाइएको छ ।

उपप्रमुख लक्ष्मी गौतमले कारितासको सहयोगबाट इटहरी अस्पताल र इटहरी आइसोलेसनको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने बताउदै सहयोगी संस्थालाई धन्यावद ज्ञापन गर्नुभएको थियो ।

इटहरी अस्पतालको सेवा विस्तार भइरहेको अवस्थामा स्वास्थ्य समाग्रीले निक्कै सहयोग पुग्ने उहाको भनाई थियो ।

कोभिडसँग जुध्न ११ जिल्लामा १० करोड बरावरको स्वास्थ्य समाग्री सहयोग गरिसकेको र आगामी दिनमा अझै स्थानिय तहको समन्वयमा आश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग गदै जाने कारितास नेपालको योजना छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]