• असोज ५, २०७८
  • जुनकिरी खबर

सुनसरीमा २०.४ प्रतिशत जनसङ्ख्याले कोरोना विरुद्धको खोप लगाए

alt

सुनसरी जिल्लामा अहिले सम्म जिल्लाको कुल जनसङ्ख्याको २०.४ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाई सकेका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले दिएको जानकारी अनुसार अहिले सम्म सुनसरीमा १ लाख ८८ हजार २ सय ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने यस मध्ये १ लाख ५८ हजार ८ सय ६१ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।

यसै गरी नेपाल सरकारको असोज ४ गते देखि १४ गते सम्म भेरोसेल खोप लगाउने अभियान अन्तर्गत सुनसरीमा पनि असोज ११ देखि १४ गते भित्रमा ४५ वर्ष देखि माथिका नागरिकहरूलाई पहिलो मात्रा खोप लगाइने तयारी भएको पनि प्रमुख प्रसाईँले बताए ।

४५ वर्ष देखि माथिका करिब १० देखि १२ हजार सम्मकाले खोप लगाउन छुटाएकाहरूलाई पनि यो अभियानमा खोप लगाइने छ । यस पटक सुनसरीमा ४५ वर्ष देखि माथिको उमेर समूहका ४५ हजार १ सय जनालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाईदैछ ।

यही असोज ६ देखि ८ गते सम्म धरान र इटहरी उपमहानगरपालिकामा कोरोना विरुद्धको एक्ट्राजेनेका खोप करिब ६ हजार जना विद्यार्थीहरूलाई लगाइने कार्यक्रम तय भएको पनि प्रमुख प्रसाईँले जानकारी दिए ।

सुनसरीका पालिका मध्ये सबै भन्दा धेरै कोरोना सङ्क्रमित इटहरी उपमहानगरपालिकामा भएको देखिन्छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कलाई हेर्ने हो भने अहिले सम्म सुनसरीको १२ पालिका मध्ये इटहरीमा १० हजार ३ सय ३६ जनामा कोरोना सङ्क्रमण भएको देखिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]