• असोज ९, २०७८
  • जुनकिरी खबर

इटहरी रंगशाला सरसफाइ गदै बुल्स इलेभेन क्लब

alt

इटहरीको मुख्यचौक आसपासमा सरसफाइ गरेर सामाजिक चर्चा र प्रसंशा कमाएको बुल्स इलेभेन क्लबले इटहरी रंगशालाको सरसफाइ सुरु गरेको छ ।

क्लबले प्रत्येक शनिबार सरसफाइ गर्ने अभियान अन्तर्गत शनिबार बिहानबाट झाडीले भरिएको रंगशालाको सरसफाइ सुरु गरिएको क्लबका अध्यक्ष पूर्ण राइले बताउनुभयो । सरसफाइ अभियानमा सक्रिय रहेका दुइ दर्जन युवाहरुको समुहले इटहरी रंगशालाको एथलेटिक्स टयाक आसपासको झारपात उखलेर सफाई थालेका हुन । लामो समय खेलकुदको गतिबिधि नभएपछी उक्त रंगशाला झाडीमा परिणत भएको छ ।

पूरै रंगशालाको झार सफागर्न एक महिना भन्दा बढी समय लाग्ने राइले जानकारी दिनुभयो । करोडौको लगानीमा निर्माण गरिएको रंगशाला झाडीमा परिणत हुदा समेत प्रदेश तथा स्थानिय सरकार तथा खेलकुदका निकायले बेवस्ता गरेकाले आफूहरुले सरसफाइ अभियानको थालनी गरेको बुल्स इलेभेन क्लबका अध्यक्ष राई बताउनुहुन्छ ।

यस्तै सरसफाइ अभियानमा सहभागीले पनि इटहरीको गौरब मानिएको रंगशाला व्यवस्थापनमा राम्रो काम नभएको बताएका छन् ।

यसअघि अघिल्लो शनिबार क्लबले इटहरीको मुुख्य बजारको गोलो चोकमा रहेको बगैंचा अर्थात पूर्व पश्चिम राजमार्ग र कोशी राजमार्गको दिशा छुुट्याउने संरचनाको सफाई गरेर आकर्षक बनाएका थिए । यस्तै क्लबले मुख्यचौक पश्चिम लाइनको बगैचाको पनि सरसफाइ गरेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]