• साउन १७, २०७६
  • जुनकिरी खबर

शैक्षिक माग पूरा नभए कडा आन्दोलन गर्ने नेविसंघको चेतावनी

alt

निजी शिक्षण संस्थाहरूले बढाएको चर्को शुल्कविरुद्ध आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्ना माग पूरा हुनुपर्ने मागसहित शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ।

निजी शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्कविरुद्ध आन्दोलनरत संघले एघारबुँदे ज्ञापनपत्र शिक्षामन्त्रीलाई बुझाएको विद्यार्थी नेता मोतीलाल भण्डारीले जानकारी दिए।  ज्ञापनपत्रमा निजी शिक्षण संस्थाहरूले गरेको शुल्क वृद्धि निर्णय फिर्ता लिई एकरुपता कायम गर्न माग गरिएको छ।  त्यस्तै शिक्षाको गुणस्तरमा सुधार ल्याउन पनि माग गरिएको छ।

निजी स्कुल र कलेजहरूले मनपरी शुल्क लिएको जनगुनासो बढिरहेका बेला संघ चर्को शुल्क वृद्धिको निर्णय खारेजी र शिक्षामा गुणस्तरीय सुधारको माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएको हो।  एकातिर विद्यालयदेखि विश्वविद्याल तहसम्मको सरकारी शिक्षा धरासायी बन्दै जानु र अर्कोतर्फ निजी शिक्षण संस्थाहरूले अभिभावकको ढाड सेक्ने गरी मनपरी शुल्क असुल्दा पनि सरकार मौन बसेको भन्दै संघले शिक्षामा सुधारका कदम अघि बढाउन माग गरेको छ। 

शिक्षा क्षेत्रमा रहेका बेथिति अन्त्य नगरिएसम्म गुणस्तरीय शिक्षाको कल्पनासम्म गर्न नसकिने ठहर संघको छ।  संघले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारिएका माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी सरकारलाई दिएको छ।  आन्दोलन संयोजक संघका नेता भण्डारीको नेतृत्वको टोलीले शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]