• असोज १०, २०७८
  • जुनकिरी खबर

रामधुनीमा ‘जितिया महोत्सव २०७८’ आयोजना गरिदै

alt

थारु समुदायले मनाउने जितिया पर्वको अवसरमा थारु चलचित्र तथा सांस्कृतिक सघं जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा ‘जितिया महोत्सव २०७८’ हुृने भएको छ ।

रामधुनी नगरपालिका ५ स्थित म्याजिक सिनेमा हल छेउमा असोज १३ गते महोत्सव आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरि आयोजक पक्षले जानकारी दिएको हो ।

समुदायको सांस्कृतिको विकास, एकता र सद्भाव कायम गराउन, पहिचान परम्परा, प्रथा तथा संस्कृति जोगाउदै भावी पिढिलाई निरन्तरता कायम गराउने उद्धेश्यका साथ कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ । कार्यक्रममा सुनसरी, मोरङ्ग, सप्तरीका थारु त्था अन्य समुदायको सहभागीता रहने छ ।

बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा थारु समुदायको भेषभुषामा झाँकी, ्याली सहित झुम्का बजार परिक्रमा गरेर सुरुवात गर्ने बताइएको छ । कार्यक्रममा पौराणिक धुर्मा नाच तथा अन्य मनोरञ्जनात्मक सांस्कृतिक नृत्यहरु प्रदर्शन गरिने छ । ३ लाख ३५ हजारको कुल लागतमा कार्यक्रम गर्न लागेको समेत आयोजकले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]