• असोज १०, २०७८
  • जुनकिरी खबर

रामधुनीमा ‘जितिया महोत्सव २०७८’ आयोजना गरिदै

alt

थारु समुदायले मनाउने जितिया पर्वको अवसरमा थारु चलचित्र तथा सांस्कृतिक सघं जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा ‘जितिया महोत्सव २०७८’ हुृने भएको छ ।

रामधुनी नगरपालिका ५ स्थित म्याजिक सिनेमा हल छेउमा असोज १३ गते महोत्सव आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरि आयोजक पक्षले जानकारी दिएको हो ।

समुदायको सांस्कृतिको विकास, एकता र सद्भाव कायम गराउन, पहिचान परम्परा, प्रथा तथा संस्कृति जोगाउदै भावी पिढिलाई निरन्तरता कायम गराउने उद्धेश्यका साथ कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ । कार्यक्रममा सुनसरी, मोरङ्ग, सप्तरीका थारु त्था अन्य समुदायको सहभागीता रहने छ ।

बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा थारु समुदायको भेषभुषामा झाँकी, ्याली सहित झुम्का बजार परिक्रमा गरेर सुरुवात गर्ने बताइएको छ । कार्यक्रममा पौराणिक धुर्मा नाच तथा अन्य मनोरञ्जनात्मक सांस्कृतिक नृत्यहरु प्रदर्शन गरिने छ । ३ लाख ३५ हजारको कुल लागतमा कार्यक्रम गर्न लागेको समेत आयोजकले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीबाट २१ सय केजी ...

इटहरी प्रहरीले इटहरी उपमहानगरपालिका २० तरहरा क्षेत्रबाट तरकारी बोकेको ट्रकबाट  ठूलो परिमाण ...

इटहरीबाट अवैध क्रिप् ...

 अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, हुन्डी र अनलाइन गेमिंग खेलाएको आरोपमा प्रह ...

सप्तकोसी नदीमा अस्ता ...

गत बिहीबार सप्तकोसी नदीमा बेपत्ता भएका दुई जना सशस्त्र प्रहरी सुरक्षाकर्मीमध्ये अर्का व्यक्तिको शव प ...

कोशी छनोट प्रतियोगित ...

विराटनगरमा आजदेखि सुरु हुने १५औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रादेशिक छनोट प्रतियोगितामा तीन जिल्लाक ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]