• असोज १२, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा ३०२ जनामा कोरोना सङ्क्रमण, पाँच जनाको मृत्यु

alt

प्रदेश १ मा ३०२ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इलाममा ६, पाँचथर र धनकुटामा ३-३, उदयपुरमा २, ओखलढुङ्गा, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर र खोटाङमा १-१ जनामा सङ्क्रमण भएको हो ।

झापाको दमकमा १४, बिर्तामोडमा १३, अर्जुनधारामा १०, मेचीनगरमा ९, कनकाई र कमल गाउँपालिकामा ७-७, शिवसताक्षीमा ६, भद्रपुरमा ५, बुद्धशान्तिमा ३, कचनकवल र झापा गाउँपालिकामा २-२, बाहृदशीमा १, मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा ४, लेटाङमा ३, पथरीशनिश्चरे, कानेपोखरी, उर्लाबारी र मिक्लाजुङमा २-२, ग्रामथान, बुढीगंगा, सुनबर्षी, रतुवामाई, केराबारी, बेलबारी र रंगेलीमा १-१, सुनसरीको इटहरीमा ३१, धरानमा ६, रामधुनी, इनरुवा र वराहक्षेत्रमा १-१, इलामको इलाम नगरपालिकामा ४, सूर्योदय र चुलाचुलीमा १-१, पाँचथरमा ३, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, उदयपुरको त्रियुगामा २, ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका, ताप्लेजुङको स्थानीय तह नखुलेका, तेह्रथुमको फेदाप, सङ्खुवासभाको खाँदबारी, भोजपुरको पौवादुङ्मा र खोटाङको खोटेहाङमा १-१ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १४६ महिला र १६१ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]