• असोज १३, २०७८
  • जुनकिरी खबर

इटहरीको इप्पील्याण्ड एण्ड वाटर पार्क सम्मानीत

alt

इटहरीको इप्पील्याण्ड एण्ड वाटर पार्क विश्व पर्यटन दिवसको अवसरमा प्रसंशापत्रद्वारा सम्मानीत भएको छ ।
४२ औँ विश्व पर्यटन दिवसको असरमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इप्पील्याण्डलाई प्रसंशा पत्र प्रदान गरेको हो । प्रदेश १ को पर्यटन क्षेत्रको विकास र प्रवद्वनको लागि इप्पील्याण्डले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान पत्र प्रदान गरिएको जनाइएको छ ।

यो सम्मानले आफूहरुको सेवा प्रवाहमा थप हौसला प्रदान गरेको इप्पील्याण्डका सिइओ ज्ञानविक्रम शाहले जानकारी दिनुभयो । कोरोना महामारीको प्रभावको कारण सोचे अनुसारको पूर्वाधारको विकास र पर्यटक भित्र्याउन समस्या भएको उहाँले जानकारी दिनुभयो ।

५५ करोडको लागतमा स्थापना भएको यो पार्क सञ्चालन ताका नै कोरोना महामारीले प्रभाव परेको थियो । गत फागुन ११ गतेदेखि औपचारी रुपमा यो पार्क सञ्चालनमा आएको थियो । तर, त्यसको दुई महिना नवित्दै पुनः कोरोना महामारीले पार्कलाई असर पुर्याएको थियो ।

लामो समय बन्द रहेको यो पार्क भोली अर्थात् विहिबारबाट पुन सञ्चालनमा आउने भएको छ । पार्कलाई विस्तार गर्दै ओलम्पीक स्तरको अभ्यास र प्रतियोगिता आयोजना गर्न सकिने स्वीमिगं पुल निर्माण गरिने, रात्रिकालिन खेल, आवास लगायत विस्तार गर्ने आगामी योजना रहेको पार्कका अध्यक्ष भिमवहादुर पौडेलले जानकारी दिनुभयो ।

पार्कले सम्मान पाएको अवसरमा विहिबारदेखि एक हप्तासम्म प्रवेश शुल्कमा छुट दिने भएको छ । यस अघि विभिन्न दरका टिकट दिँदै आएको पार्कले एक साता ५०० र ३०० दरका टिकट मात्रै निकाल्ने जानकारी दिइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]