• असोज १३, २०७८
  • जुनकिरी खबर

महिला राष्ट्रिय क्रिकेट टोलीलाई इटहरीबाट गरियो बिदाइ

alt

आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको छ ।

सुनसरी जिल्ला क्रिकेट सङ्घको व्यवस्थापनमा इटहरीमा असोज ७ गतेबाट सुरु भएको प्रशिक्षण बुधवार सम्पन्न भएको हो । महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमटाले एक सातासम्म इटहरी स्थित क्षेत्रीय रङ्गशालाको इनडोर हल र डिभिएम स्कुल परिसरमा रहेको मैदानमा प्रशिक्षण गराएका थिए ।

छनोट खेलका लागि पहिलो पटक नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली महिला खेलाडीहरूलाई सानो सानो समूहमा प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ अन्तिम साता काठमाडौँ र कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो ।

इटहरीको प्रशिक्षण बुधवार सकिएकाले तिनै टाउको प्रशिक्षणलाई आधार मानेर मलेसियामा हुने खेलका लागि अन्तिम १४ सदस्यीय खेलाडी छनौट गरिने प्रशिक्षक टमटाले जानकारी दिए । यसअघि क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको थियो ।

गत वर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयर्सकप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेर प्रारम्भिक प्रशिक्षण सुरु गरेको थियो । मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एसिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुने बताइएको छ ।

जसमा नेपाल सहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, युएई र हङकङ खेल्नेछन् । एसिया छनोटको विजेता पाँच क्षेत्र बिच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]