• असोज १६, २०७८
  • जुनकिरी खबर

होटल बुकिङ अब ‘प्राइड क्लिक्स’ बाट

alt

प्राइड हस्पिटालिटी प्रा.लि.ले इन्टरेनेटमार्फत होटल बुकिङ गर्ने सेवा बजारमा ल्याएको छ । प्राइड हस्पिटालिटी प्रा.लि. ले शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै इन्टरेनेटमार्फत होटल बुकिङ गर्ने सेवा प्रदान गर्नका लागि आफ्नो नयाँ प्रोडक्टको रुपमा प्राइड क्लिक्स बजारमा ल्याएको जानकारी दिएको हो ।

प्रमुख अतिथि पत्रकार महासंघ सुनसरी उपाध्यक्ष गणेश निरौला, पर्यटन व्यवसायी सुनिल भुषाल र गोरखा डिर्पाटमेन्ट स्टोरका म्यानेजर श्री प्रसाद गौतमद्धार संयुक्त रुपमा पानसमा वत्ती बालेर प्राइड क्लिक्सको औपचारिक उदघाटान गर्नुभएको थियो । पत्रकार सम्मेलनमा प्राइड क्लिक्स् मार्फत वेवसाइट र मोवाइल एप प्रयोग गरि नेपाल भरिका उच्च गुणस्तरिय होटलहरु बुकिङ गर्न सकिने जानकारी गराइएको छ ।

यसअघि देखिनै वेवसाइट मार्फत होटलहरुको विवरण हेरेर बुकिङ गर्न सकिने व्यवस्था मिलाइ सकिएको र चाँडै मोवाइल एपमार्फत सो सुविधा दिने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

सुरुमा उच्च गुणस्तरिय सुविधा युक्त होटलहरुलाई प्राइड क्लिकमा सूचिकृत गरेर सेवा प्रदान गरिने र विस्तारै अन्य होटलहरुलाई पनि सुचिकृत गर्दै जाने योजना अनुशार अघि बढेको प्राइड क्लिक्सका अध्यक्ष नितेश पोखरेलले जानकारी दिनुभयो । यस्ता सेवामा सूचिकृत हुनका लागि विदेशी कम्पनिहरुले निश्चित शुल्क लिने गरेकोमा प्राइड क्लिकले भने निशुल्क सूचिकृत गर्ने व्यवस्था मिलाएको र ग्राहकलाई पनि होटलमा गएर कोठ बुक गरे भन्दा शुलभ दरमा कोठा उपलब्ध गराइने अध्यक्ष पोखरेलको भनाइ छ ।

विदेशी कम्पनीहरुले यो सेवा प्रदान गरेर नेपाली पैसा विदेश लगिरहेको सन्दर्भमा स्वदेशी कम्पनीले नै सेवा सुरु गरेपछि त्यो कार्य रोक्न मद्दत पुग्ने भन्दै उहाँले विदेशबाट नेपाल आउन चाहनेहरुले पनि यो एपमार्फत होटलहरुको विवरण हेरेर कोठा बुक गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ ।

साथै ग्राहकले हरेक पटकको सेवा लिएवापत रिवार्ड पोइन्ट पाउने र सो पोइन्टबापत निशुल्क सेवा उपलब्ध गराइने उहाँको भनाइ । हालसम्म नेपाल भरिका ८० वटा होटल सूचिकृति भइसकेको र पूर्वका गोरखा, गरिमा, त्रिवेणी रिसोर्ट, गोकर्ण रिसोर्ट लगायतका होटलहरुमा सो सेवा सुरु भएको कम्पनीले जनाएको छ ।।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]