• साउन १७, २०७६
  • जुनकिरी खबर

रिक्त रहेको ५० स्थानमा मंसिर १४ मा उपनिर्वाचन हुने, कहाँ कहाँ हुँदैछन् उपनिर्वान ?

alt

सरकारले मंसिर १४ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका विभिन्न पदकालागि उपनिर्वाचन गर्ने गर्ने भएको हो । बिहीबार बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले विभिन्न कारणले रिक्त रहेको ५० स्थानको पदमा आगामी १४ मंसिरमा निर्वाचन गर्ने निर्णय गरेको जनाएको छ ।

सरकारले निर्वाचन आयोगले दिएको सुझाव अनुसारकै समयमा उपनिर्वाचन गर्ने भएको छ । यसअघि बिहीबार मध्यान्ह निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा १४ मंसिरमा उपनिर्वाचन गर्न सुझव दिएको थियो । साथै निर्वाचन आयोगले बिहीबार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका र कानुनअनुसार निर्वाचन आयोगमा दर्ता भएका १८ वटा राजनीतिक दलसँग उपनिर्वाचनबारे आयोगले परामर्श गरेको थियो ।

यी स्थानमा पद रिक्त रहेका छन्

प्रदेश १
धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको निधन भएपछि यहाँको पदपनि रिक्त रहेको छ  । सुनसरीको धरान उपमहानगरपालिका–७ को वडाअध्यक्षमा, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खडगबहादुर कटुवाल र पाँचथरको फाल्गुनानन्द गाउँपालिका अध्यक्ष अमरबहादुर नेम्वाङको मृत्यु भएपछि यहाँको पद पनि रिक्त रहेको छ । साथै पाँचथर कै पाँचथर हिलिहाङ गाउँपालिका–७ मा पनि वडा अध्यक्षको पद खाली रहेको छ । मोरङ धनपालथान गाउँपालिका–२ वडाका वडा अध्यक्षको निधन भएपछि यहाँको पद पनि रिक्त रहेको छ । संखुवासभा खाँदबारी नगरपालिकाका ३ मा पनि वडाअध्यक्षको पद रिक्त रहेको छ । खोटाङको साकेला गाउँपालिका–३ मा पनि वडा अध्यक्षको पद रिक्त रहेको छ ।

प्रदेश २ 
महोतरीबलवा नगरपालिकाका ८ र २ वडामा दुई अध्यक्षको पद रिक्त रहेको छ । सिरहाको कल्याणपुर नगरपालिका–१२, रौटहटको गढिमाई नगरपालिका–२, त्यसैगरी महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, पर्साको सखुवा–पर्सौनी गाउँपालिका–५, सर्लाहीको हरिपुर्वा नगरपालिका–१, , बाराको बारागढी गाउँपालिका–१ मा पद रिक्त रहेको छ

प्रदेश ३
रामेछाप उमाकुण्ड गाउँपालिका–५, नुवाकोट दुप्चेश्वर गाउँपालिका–१, भक्तपुर १ ख बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएपछि यहाँको पद पनि रिक्त रहेको छ  । चितवनको खैरहनी नगरपालिकाका ४ र ५, काठमाडौंको दक्षिणकाली नगरपालिका–वडा ३, काभ्रेका धुलिखेल नगरपालिका–२, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा पनि पद रिक्त रहेको छ ।

प्रदेश ४ 
कास्कीको क्षेत्र नं २ मा प्रतिनिधिसभाको सदस्यको पद रिक्त रहेको छ । नेकपाका सांसद् तथा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर निधन भएपछि यहाँको पद रिक्त रहेको छ । बाग्लुङ २ ख मा गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको पनि निधन भएपछि यहाँको प्रदेश सांसदमा पनि पद रिक्त रहेको छ । साथै बाग्लुङ बडिगाड गाउँपालिका–२ नवलपरासीको बुद्धिकाली गाउँपालिका–५ मा वडाअध्यक्ष खाली रहेको छ ।

प्रदेश ५ 
दाङको ३ ख बाट निर्वाचित उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि यहाँको पद पनि खाली रहेको छ  । अर्घाखाँची मालारानी गाउँपालिका–३, दाङको घोराही उपमहानगरपालिका–१६, बाँकेको कोहलपुर नगरपालिका–१६, गुल्मीको रुरु गाउँपालिका–६, रुपन्देहीको रोहिणी गाउँपालिका–७ मा पनि पद रिक्त रहेको छ ।

प्रदेश ६ 
हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपप्रमुख सिन्धु हमाल शाहीको निधन भएपछि यहाँको पदपनि रिक्त रहेको छ । प्युठानको ऐरावती गाउँपालिका १ र २ तथा प्युठान नगरपालिका–२ मा वडाध्यक्ष पद रिक्त छ । सल्यान कुमाखमालिका गाउँपालिका–५, डोटीको आदर्श गाउँपालिका–२ मा पनि पद रिक्त रहेको छ

प्रदेश ७
अछामको मल्लेख गाउँपालिका–५, बाजुरा त्रिवेणी नगरपालिका–१ मा पनि वडाध्यक्ष पद खाली छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४, कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा पनि पद रिक्त रहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]