• असोज १६, २०७८
  • जुनकिरी खबर

बुल्स इलेभेन क्लबद्धारा पञ्चकन्या मन्दिर सरसफाई

alt

सरसफाइ क्षेत्रमा सक्रिय इटहरीको बुल्स इलेभेन क्लबले इटहरीको आर्मी क्याम्प उत्तरमा रहेको पञ्चकन्या मन्दिर आसपासको क्षेत्रको सरसफाइ सुरु गरेको छ । क्लबले प्रत्येक शनिबार सरसफाइ गर्ने अभियान अन्तर्गत शनिबार बिहान झाडीले भरिएको सो क्षेत्रको सरसफाइ सुरु गरिएको क्लबका अध्यक्ष पूर्ण राइले बताए । सरसफाइ अभियानमा सक्रिय रहेका दुइ दर्जन युवाहरुको समुहलाई किशोरीहरुले पनि साथदिएका छन । यस अघि युवाहरुको समुहमात्र सरसफाइ अभियानमा सक्रिय रहदै आएकोमा शनिबारदेखि किशोरीहरु पनि सरसफाइ अभियानका जुटेका छन ।

क्लबले प्रत्येक शनिबार इटहरीको महत्वपूर्ण सार्वजनिक स्थानको सरसफाइ गरेर चर्चा तथा प्रशंसा कमाएको थाहापाएपछी आफूहरु पनि अभियानमा सहभागी भएको ती किशोरीहरुको भनाइ छ ।

यस अघि गत शनिबार क्लबका सदस्यहरुले इटहरी रंगशालाको एथलेटिक्स टयाक आसपासको झारपात उखलेर सफाई थालेका थिए । यस्तै क्लबले इटहरीको मुुख्य बजारको गोलो चोकमा रहेको बगैंचा अर्थात पूर्व पश्चिम राजमार्ग र कोशी राजमार्गको दिशा छुुट्याउने संरचनाको सफाई गरेर आकर्षक बनाएका थिए । यस्तै क्लबले मुख्यचौक पश्चिम लाइनको बगैचाको पनि सरसफाइ गरेका थिए ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]