• असोज १७, २०७८
  • जुनकिरी खबर

कोसी टप्पुको मकुना हात्ती धानबारीमा मृत फेला

alt

कोसी टप्पु वन्यजन्तु आरक्षमा लामो समय देखि बस्दै आएको मकुना नामक जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा ५ सय मिटरको दूरीमा मकुना आज बिहान मृत अवस्थामा भेटिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख अशोक रामका अनुसार हात्तीको मृत्यु करेन्ट लागेर भएको जस्तो देखिन्छ । अहिले प्रारम्भिक अनुसन्धान भइरहेको उनले बताए । आरक्षको मध्यवर्ती क्षेत्रको धानवारिमा मृत भेटिएको हात्तीको मृत्युको कारण तत्काल खुल्न सकेको छैन ।

केही समय अघि मकुनाले नजिकका बस्तीमा निस्किएर मानिसहरूको ज्यान लिएको भन्दै सुनसरी प्रशासनले हात्ती मार्ने योजना अगाडी ल्याएको थियो । तर, सर्वत्र विरोधपछि प्रशासन आफ्नो निर्णयबाट पछि हटेको थियो । मकुना हात्ती कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा लामो समय देखि बस्दै आएको रैथाने जङ्गली हात्ती हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]