• असोज १८, २०७८
  • जुनकिरी खबर

सामूहिक बलात्कारको आरोपमा इटहरीबाट ५ जना पक्राउ

alt

सामूहिक बलात्कारको आरोपमा प्रहरीले इटहरीबाट पाँच जनालाई पक्राउ गरेको छ । ६ जनाको समूहले बलात्कार गरेको लिखित उजुरी परेपछि प्रहरीले आइतबार पक्राउ गरेको हो । एक जना फरार रहेका छन् । पक्राउ परेकामध्ये चार जना १८ वर्षमुनिका रहेकाले नाम र ठेगाना नखुलाएको प्रहरीले जनाएको छ ।

घटना असोज १५ गते राति ७ बजेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कटवालका अनुसार इटहरी उपमहानगरपालिका–८ भुर्कीमा इटहरी–९ बस्ने एक महिलालाई ६ जना पुरुषले कुटपिट गरी नजिकै रहेको बाटो छेउको धान खेतमा लगेर बलात्कार गरेका थिए । उनीहरुले ती महिलाले गलामा लगाएको सुनको दुई तोला चार आनाको सुनको सिक्री र साथमा रहेको नगद ३ हजार रुपैयाँसमेत लुटेको उजुरी परेपछि पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक कटवालले भने, ‘जबरजस्ती करणीमा संलग्न भएकामध्ये गोमन भन्ने सुनील चौधरीलाई गत शनिवार इटहरी– १४ स्थित घरवाटै पक्राउ गरिएको थियो भने अन्य चार जनालाई खोजतलासपछि पक्राउ गरिएको छ ।’

पक्राउ परेका र पीडित महिलाको स्वास्थ्य जाँच इनरुवा जिल्ला अस्पतालमा भइसकेको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]