मोरङको सुन्दरहरैँचा ४ मा सञ्चालनमा आउन लागेको पूर्वकै ठुलो त्रिवेणी रिभर साइड रिसोर्ट प्रालिको व्यवस्थापन द प्राइड हस्पिटालिटीले गर्ने भएको छ ।
पाँच तारे होटल तथा रिसोर्टको व्यवस्थापन हेर्ने प्राइड हस्पिटालिटी र रिसोर्टबीच बुधबार व्यवस्थापन हेर्ने गरि सम्झौता भएको हो ।
द प्राइड हस्पिटालिटीका निर्देशक नितेश पोखरेल र रिसोर्टका कार्यकारी निर्देशक रमेश आचार्यबिच व्यवस्थापनको सम्झौतामा हस्ताक्षर भएको छ ।
पछिल्लो समय इटहरीसहित प्रदेश १ का ठूला सहरमा सञ्चालित होटल तथा रिसोर्टहरुको व्यवस्थापन गर्दै आएको प्राइडले अंग्रेजी नयाँ वर्षको अवसरमा त्रिवेणी रिसोर्टको उद्घाटनको तयारी थालेको निर्देशक नितेश पोखरेलले जानकारी दिए ।
त्रिवेणीसगै मोरङको बलियामा रहेको गोकर्ण रिसोर्ट एण्ड फन पार्क समेत प्राइड हस्पिटालिटीले व्यवस्थापन हेर्ने गरि सम्झौता भएको छ ।
गोकर्ण र त्रिवेणी रमेश आचार्यकै लगानीमा सञ्चालित रिसोर्ट हो । गोकर्ण रिसोर्ट सञ्चालनमा आइरहेको भएपनि अब पूर्ण रुपमा नयाँ व्यवस्थापनबाट सञ्चालनमा आउने पोखरेलले जानकारी दिए ।
यी दुई रिसोर्टसँगै प्राइडले ८ वटा होटल तथा रिसोर्टको व्यवस्थापन हेर्न भएको छ । यसअघि प्रदेशकै प्रख्यात गोरखा होटलको व्यवस्थापन पनि प्राइडले नै हेर्दै आएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved