विराट न्यूज नेटवर्कद्वारा सञ्चालित विराट टेलिभिजनले आयोजना गरेको प्रथम विराट मिडिया कप फुटबल आजबाट सुरु भएको छ । पत्रकार पत्रकार बिच खेल गर्ने हेतुका साथ आयोजना गरिएको मिडिया कप आजबाट सुरु भएको हो । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीको प्रमुख आतिथ्यताको रुपमा उपस्थित भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीले उपस्थिति रहेको थियो । आगामी असोज २६ गतेसम्म हुने यस प्रतियोगितामा प्रदेश १ का ९ टिमको सहभागिता रहेको छ । यस खेलमा प्रथम हुनले ३० हजार सिल र मेडल प्राप्त गर्ने छन् भने दोश्रो हुनेले १५ हजार सिल र मेडल प्राप्त गर्ने छन् । उद्घाटन समारोहसँगै आज एक खेल भएको छ । पहिलो खेलमा ग्रामीण पत्रकार समुह बराहक्षेत्र र उद्घोष राष्ट्रिय दैनिक विराटनगरले प्रतिस्पर्धा गरेका थिए ।
पहिलो खेल २–० गोल अन्तरले ग्रामीण पत्रकार समुह बराहक्षेत्रले जितको छ । बराहक्षेत्रलाई जिताउन दुबै गोल विजयकुमार राउतले गरेका थिए । दुवै गोल गरेका राउत म्यान अफ दि म्याच घोषित भएका छन् ।
उनले होटल इन टुरिस्टले प्रदान गरेको नगद एक हजार प्राप्त गरे । मिडिया कपमा भोलि दुई खेल हुने छन् । दिउँसो १ बजे आयोजक विराट टेलिभिजन र आजको विजेता बराहक्षेत्रले प्रतिस्पर्धा गर्ने छ भने दोश्रो खेल दिउँसो ४ बजे हिमशिखर टेलिभिजन दमक र सूर्योदय टेलिभिजन बिर्तामोडले प्रतिस्पर्धा गर्ने छन् ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved