• असोज २२, २०७८
  • जुनकिरी खबर

विराट मिडिया कप सुरु, ग्रामीण पत्रकार समूह विजयी

alt

विराट न्यूज नेटवर्कद्वारा सञ्चालित विराट टेलिभिजनले आयोजना गरेको प्रथम विराट मिडिया कप फुटबल आजबाट सुरु भएको छ । पत्रकार पत्रकार बिच खेल गर्ने हेतुका साथ आयोजना गरिएको मिडिया कप आजबाट सुरु भएको हो । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीको प्रमुख आतिथ्यताको रुपमा उपस्थित भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीले उपस्थिति रहेको थियो । आगामी असोज २६ गतेसम्म हुने यस प्रतियोगितामा प्रदेश १ का ९ टिमको सहभागिता रहेको छ । यस खेलमा प्रथम हुनले ३० हजार सिल र मेडल प्राप्त गर्ने छन् भने दोश्रो हुनेले १५ हजार सिल र मेडल प्राप्त गर्ने छन् । उद्घाटन समारोहसँगै आज एक खेल भएको छ । पहिलो खेलमा ग्रामीण पत्रकार समुह बराहक्षेत्र र उद्घोष राष्ट्रिय दैनिक विराटनगरले प्रतिस्पर्धा गरेका थिए ।

पहिलो खेल २–० गोल अन्तरले ग्रामीण पत्रकार समुह बराहक्षेत्रले जितको छ । बराहक्षेत्रलाई जिताउन दुबै गोल विजयकुमार राउतले गरेका थिए । दुवै गोल गरेका राउत म्यान अफ दि म्याच घोषित भएका छन् ।

उनले होटल इन टुरिस्टले प्रदान गरेको नगद एक हजार प्राप्त गरे । मिडिया कपमा भोलि दुई खेल हुने छन् । दिउँसो १ बजे आयोजक विराट टेलिभिजन र आजको विजेता बराहक्षेत्रले प्रतिस्पर्धा गर्ने छ भने दोश्रो खेल दिउँसो ४ बजे हिमशिखर टेलिभिजन दमक र सूर्योदय टेलिभिजन बिर्तामोडले प्रतिस्पर्धा गर्ने छन् ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]