• असोज २२, २०७८
  • जुनकिरी खबर

सुनसरीबाट अपहरणमा परेका बालकको १० घण्टापछि भारतबाट उद्धार

alt

सुनसरीको कोसी गाउँपालिका–७ स्थित हरिपुरबाट अपहरणमा परेका बालकको १० घण्टापछि भारतबाट उद्धार भएको छ । भारतीय नागरिकबाट अपहरित १३ वर्षीय बालकलाई उद्धार गरी प्रहरीले नेपाल ल्याउन सफल भएको छ । हरिपुरका दिपेन सदालाई बिहबार दिउँसो बिहारको सुपौल जिल्ला, बदबदैपुर ग्राम पञ्चायत–६ बैरयाकमालका मुकुम मियाँको संलग्नतामा अपरहण गरिएको थियो ।

सुनसरी जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी संजयसिंह थापाका अनुसार बालक अपहरणमा परेको सूचना पाएपछि नेपाल प्रहरीको टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर राति १ बजेर ५० मिनेटमा बैरयाकमलस्थित मुकुम मियाँको घरबाट उद्धार गरिएको थियो । उक्त स्थान भारत नेपालको सीमाबाट ३५ किलोमिटरको दूरीमा पर्छ ।

सदा बिहीबार अपरान्ह ३ बज अपहरणमा परेका थिए । उनलाई मियाँसहित आएका दुई जनाले मोटरसाइकलमा राखेर भारत लगेका थिए । नेपालबाट ज्याला मजदुरी गर्नेहरुलाई भारत लैजाने ठेकेदार समेत रहेका मुकुम मियाँले मजदुर ल्याइदिनू भनेर कोसी गाउपालिका– ७ हरिपुर बस्ने भुटन सदालगायत ५ जनालाई अग्रिम २ लाख रुपैयाँ भुक्तानी दिए पनि कामदार नपठाएपछि पैसा असुल्लन उनैको गाउँका बालक अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

एसपी थापाले भने, ‘भुल्टन सदालगायत पाँच जनाको समूहले मुकुम मियाँलाई मजदुर उपलब्ध गराउने भनेर रकम लिए पनि सम्पर्कविहीन भएपछि मियाँको समूहले पैसा असुल्न भुल्टन सदाकै गाउँको बालक दिपेन सदालाई अपहरण गरेको देखिएको छ ।’ उद्धार गरिएका बालकलाई मियाँले कुटपिटसमेत गरेका थिए । दिपेनलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]