• असोज २६, २०७८
  • जुनकिरी खबर

सुनसरीमा नेकपा एसको १७५ सदस्यीय जिल्ला कमिटी घोषणा

alt

 नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सुनसरी जिल्ला कमिटी गठन भएको छ । 

इनरुवामा सोमबार आयोजित कार्यक्रममा गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो । नवगठित कमिटीको उपाध्यक्षमा सिताराम पराजुली, रामचन्द्र मटियैत, सचिवमा बसन्त सुवेदी, उपसचिवमा राजेश भण्डारी रहेका छन्। 

नेकपा एसका केन्द्रिय सदस्य केशव विष्टले सुनसरी जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउपालिकाबाट प्रतिनिधित्व रहने गरि जिल्ला कमिटी घोषणा गरिएको बताए । साथै उनले कमिटीमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चीत गरिएको पनि जानकारी दिए ।

विगतमा नेकपा एमाले रहदा नेतृत्वलाई देवत्करण गरि आफ्ना आसेपासेलाई मात्र जिम्मेवारी दिने प्रवृतिको अन्त्य गर्दै विद्रोह गरि नेकपा एसमा आवद्ध भएका नेता कार्यकर्ताहरुलाई जिल्ला कमिटीमा समावेशी समानुपातिक सहभागीता सुनिश्चीत गरिएको बताए । 

कार्यक्रममा नेकपा एसका उपाध्यक्ष तथा प्रदेश एक इन्चार्ज धनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, पोलिटव्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रिय सदस्य केशव विष्ट, समाजवादी प्रेस संगठनका केन्द्रिय सहसंयोजक विश्वमणी सुवेदी, समाजवादी प्रेस संगठनका राजकुमार कार्की, केन्द्रिय सदस्य आनन्द श्रेष्ठ, शशी कोइराला, पिवी दियाली, नेपाल पत्रकार महासंधका सुनसरी सहसचिव भोला श्रेष्ठ, नेकपा एसका प्रदेश सदस्यहरु लक्ष्मण चौधरी, दुर्गा कन्दङवा, दुर्गा बुढाथोकी, ब्रह्मदेव यादव, कुशेश्वर खेरवारलगायतको सहभागीता रहेको थियो । कार्यक्रममा प्रेस सेन्टरका मुस्ताक आलमले सो संगठन परित्याग गरि समाजवादी प्रेस संगठनमा प्रवेश गरेका छन ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]