• कार्तिक ४, २०७८
  • जुनकिरी खबर

सुनसरीमा ९ हजार ७ सय हेक्टरमा लगाइएको धानबाली क्षति

alt

प्रदेश १ मा करिब ५० हजार हेक्टरमा पाकेको धानबालीमा क्षति पुर्‍याएको प्रारम्भिक आँकलन गरिएको छ । क्षतिको विवरण अझै बढ्न सक्ने प्रदेश कृषि मन्त्रालयको भनाइ छ ।

प्रदेश १ का १४ जिल्लामा यो वर्ष ३ लाख ३६ हजार हेक्टरमा धान खोती गरिएको थियो । त्यसमध्ये प्रारम्भिक रुपमा ५० हजार हेक्टर अर्थात करिब १५ प्रतिशत धानबालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए ।

उनका अनुसार बढीमा पाँच प्रतिशत मात्र धान कटाई भएकाले क्षति न्यून भएको हो । उनका अनुसार काटेर लडाएको धान सबै नष्ट भएको र काट्न बाँकी रहेको धान लडेर पानीमा डुब्दा बढीमा २५ प्रतिशत मात्र क्षति हुने स्थिती छ । क्षति पुगेको १५ प्रतिशत मध्ये करिब तीन प्रतिशत पूर्ण रुपमा क्षति भएको उप्रेतीले बताए ।

मोरङमा यो वर्ष ८३ हजार ३ सय हेक्टरमा धान रोपिएको थियो । तीमध्ये १२ प्रतिशत अर्थात ९ हजार ८ सय ९६ हेक्टरको धानमा क्षति पुगेको प्रदेश १ कृषि निर्देशनालयकी सूचना अधिकारी सरस्वती श्रेष्ठले बताइन् । उनका अनुसार सुनसरीको ५३ हजार हेक्टर मध्ये ९ हजार ७ सय हेक्टर र झापामा ८७ हजार ५ सय हेक्टर मध्ये १३ हजार १ सय २५ हेक्टरको धानलाई हावाहुरी र बाढीले क्षति पुर्‍याएको छ ।

प्रदेश १ का अन्य जिल्ला ताप्लेजुङमा ८ हजार ७ सय ३७, संखुवासभामा १३ हजार ८ सय ५१, सोलुखम्बुमा १ हजार ५ सय २५, पाँचथरमा ९ हजार २ सय, इलाममा १४ हजार ८ सय १५, भोजपुरमा १८ हजार, तेह्रथुममा १० हजार १ सय ७५, धनकुटामा ७ हजार ९ सय ५०, उदयपुरमा १३ हजार ३ सय, ओखलढुंगामा ४ हजार ४ सय र खोटाङमा १२ हजार ८ सय ९३ हेक्टरमा बर्खे धान रोपाइँ भएको छ ।

प्रदेश १ मा गतवर्ष १३ लाख टन धान उत्पादन भएको थियो । यसपालि १४ लाख टन भन्दाबढी धान उत्पादन हुने निर्देशनालयको लक्ष्य थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]